रोयल इनफिल्डको पावरफुल मोटरसाइकलको नाम ‘मिटिया’

रोयल इनफिल्डले बबर ८५० मोटरसाइकलको नाम मिटिया (उल्का) राख्ने भएको छ । कम्पनीले केही महिना अगाडि आयोजना भएको ईकामा मोटर शोमा प्रदर्शन गरेको यो मोटरसाइकल ८३८ सीसी इन्जिनसहित बजारमा ल्याउने भएको हो ।

केएक्स अवधारणामा निर्माण भएको मिटियाको पेटेन्ट गत फेब्रुअरीमा सार्वजनिक  गरिएको थियो । रोयल इनफिल्डको हालसम्मकै पावरफुल इन्जिन प्रयोग भएको यो मोटरसाइकलमा लिक्विड कुल्ड इन्जिनको दिइएको छ । यसले ९० बीएचपी पावरका साथै १०० एनएम टर्क उत्पादन गर्छ । 

यो मोटरसाइकलको लम्बाई  २१६० एमएम, चौडाई ७३८ एमएम र उचाई ९९८ एमएम रहेको छ । यसमा १५३० एमएमको ह्वीलवेस दिइएको छ । फ्रन्टमा ट्वीन डिस्क ब्रेक लगाइएको छ भने, रियरमा सिंगल डिस्क ब्रेक लगाइएको छ । 

डबल च्यानल एबीएसयुक्त मिटियामा डिजिटल एनालग इन्स्ट्रुमेन्ट कन्सोल, एलइडी हेडलाइटसँगै एलइडी डीआरएल एस, एलइडी टर्न इन्डीकेटर, एलइडी टेल लाइटको विशेषता दिइएको कम्पनीले जनाएको छ । 


Back_to_top