टाटाले स्टाइलिस कम्प्याक्ट ट्रक ‘इन्ट्रा’ १३ दिनपछि सार्वजनिक गर्दै

टाटा मोटर्सले मे २२ मा अल न्यू कमर्शियल भेहिकल टाटा इन्ट्रा भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । टाटाले इन्ट्रालाई कम्पनीकै पहिलो अल न्यु कम्प्याक ट्रकको रुपमा ल्याउने भएको हो । 

अन्य कमर्सियल भेहिकलभन्दा आकारमा ठूलो, प्रिमियम लुक र पावर फुल इन्जिन सहित बजारमा आउने यो ट्रकले टाटा एसलाई रिप्लेश गर्ने आँकलन गरिएको छ । तर टाटा एस हालसम्म पनि सेग्मेन्टमा टपसेलिंग मोडल अन्तर्गत पर्नेगर्छ ।

इन्ट्राको लम्बाई ४३१६ एमएम, उचाई १६३९ एमएम, र उचाई १९१९ एमएम रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको १.४ लिटर डायरेक्ट इन्जेक्टेड डिजेल इन्जिन लगाइएको छ । यसमा उपलब्ध १३९६ सीसी इन्जिनले ४ हजार आरपीएममा ६९ बीएचपी पावरका साथै १८ सय देखि ३ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । 

यसमा क्लियर ग्लास हेडल्याम्प क्लस्टर, हेलोजन लाइट, इन्र्टग्रेटेड इन्डिकेटर, १४ इन्च स्टिल ह्वील स्टाइलिश हब क्याब, स्टाइलिस ओआरभीएमएस, डबल वाइपर जस्ता विशेषता रहेको छ । 

यसका साथै, ट्रकमा आरामदायी क्याबिन, निट ड्याशबोर्ड, सेन्टर कन्सोल, एयर कन भेन्ट, चार्जिङ सर्किट, लक गर्न मिल्ने ग्लोब बक्स, स्टायडर्ड म्युजिक सिस्टम उपलब्ध छ ।  युएसबी कनेक्टिभिटी, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ओडोमिटर, टाइम, फ्युल गज लगायतका विशेषताले यो ट्रक उत्कृट रहेको छ । 


Back_to_top