टाटाले बनायो इलेक्ट्रीक कारको लागि नयाँ पावर ट्रेन

टाटा मोटर्सले नयाँ पावरट्रेन टेक्नोलोजी ‘जिपट्रोन’ निर्माण गरेको छ । कम्पनीले ल्याएको नयाँ पार ट्रेन आउने इलेक्ट्रीक कारमा प्रयोग गर्नेछ ।

कम्पनीले आगामी २ वर्ष भित्र ३ नयाँ मोडल इलेक्ट्रीक कार सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । कम्पनीले यो नयाँ पावर ट्रेनको प्रयोग अल्ट्रोज इलेक्ट्रीक कारमा गर्नेछ ।

कम्पनीले बजारमा ल्याउने घोषणा गरेको अल्ट्रोज प्रिमियम ह्याचव्याक कार हो । कम्पनीले आफैँ तयार गरेको नयाँ पावर ट्रेन जिपट्रोनको १० लाख किलोमिटर परिक्षण पश्चात सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले बनाउने पेट्रोल इन्जिनको प्रविधि रिभोट्रोन, डिजेल इन्जिनको रिभोटर्क र इलेक्ट्रीकको लागि जिपट्रोन तयार गरेको हो । टाटाले अल्ट्रोज इलेक्ट्रीकमा एड्भान्स लिथियम आयन व्याट्रीको प्रयोग गरेको छ । उक्त गाडीले एक पटकको फुल चार्जमा २५० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ ।


Back_to_top