६५ सय मासिक किस्ता मै बजाज पल्सर, ब्याज तिर्नु नपर्ने

काठमाडौं । बजाजले पल्सर सिरिजकै सबैभन्दा कम सीसीको को पल्सर १२५ नेपाली बजारमा विक्री गर्दै आएको छ । बजाजको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

बजाजले नेपाली बजारमा पल्सर १२५ सीसीदेखि पल्सर २२० सीसीसम्मका पल्सर सिरिजका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले हालै मात्र शून्य प्रतिशत ब्याजदरमा बजाजको मोटरसाइकल किन्न सकिने स्कीम सार्वजनिक गरेको छ । उक्त ब्याज नलाग्ने स्कीममा पल्सर १२५ लिँदा ६ हजार ५२५ रुपैयाँ मासिक किस्ता तिरेर किन्न सकिने छ ।

कति पैसा लाग्छ ?

यो स्कीममा मोटरसाइकल किन्दा ग्राहकले ५० प्रतिशत डाउन गर्नु पर्ने हुन्छ । बाँकी रकम १८ महिनाको अवधिमा तिर्न सकिने छ । १८ महिनाको किस्ता बापत ग्राहकले मासिक ६५२५ रुपैयाँका दरले मासिक किस्ता तिर्नुपर्ने हुन्छ । यसका कुनै ब्याज नलाग्ने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलको मूल्य २ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ । सुरुमा ग्राहकले ५० प्रतिशत बराबरको १ लाख १७ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्नेहुन्छ । यसका अलावा ग्राहकले १ वर्षको इन्स्योरेन्स बराबरको ३९९० रुपैयाँ र एक महिनाको मासिक किस्ता थप बुझाउनु पर्ने हुन्छ ।

के के कागजपत्र चाहिन्छ ?

यो योजनामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले लाइसेन्सको फोटोकपी, नागरिकताको फोटोकपी, ३ प्रति फोटो र आयस्रोत खुल्ने कागजपत्र सहित शोरुममा जानु पर्ने हुन्छ । साथै, जामानी बस्नेको जग्गाको लालपुर्जाको फोटोकपी, बिजुली वा पानीको बिल, नागरिकताको फोटोकपी एक–एक प्रतिसहित आफैँ उपस्थित हुनु पर्नेछ । यी कागजपत्र तयारी गरेर गएमा ग्राहले सहजै बजाजका मोटरसाइकल खरिद गर्न सक्नेछन् ।


Back_to_top